काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

संस्थाले गत वैशाख २२ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा श्रृजनशील लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

श्रृजनशील लघुवित्तको यो आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।