काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुँदैछ। 

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ। 

यो लघुवित्त भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्त १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा १९ लाख ५ हजार १८६ आवेदकले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन्। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्र १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले साढे १८ लाख बढीको हात खाली हुने भएको छ।