काठमाण्डौ । श्वेत-गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आउँदो साउन ४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ। 

कुल कित्तामध्ये कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्बा मान्यताप्राप्त बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते हुनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म यो आईपीओ भर्न पाइनेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।