काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा भोलि बुधबार बाँडफाँड हुने भएको छ।
श्वेत–गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।
यो कम्पनीले गत साउन ४ गते साउन ८ गतेसम्म १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी २ लाख ७० हजार २ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ सेयर पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19