तातोपानी, सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।

दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो।

उक्त पुल चिनले २०३८ सालमा बनाएको हो । 

भूकम्प र भोटेकोसीको बाढीले जिर्ण बन्दै गएका राजमार्गमा मोटरेबल पुल बगाएपछि अर्को संकट थपिएको छ । सीमामा यातायात ठप्प भएको छ । पैदल यात्रु आउ जाउ गर्ने गोरेटो समेत छैन । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।