काठमाण्डौ । गत २४ घण्टाभित्र देशभर ४ हजार ४७ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १४ हजार ५३० को पीसीआर टेस्ट भएकोमा ४ हजार ४७ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारको तथ्याङ्कले कोरोना संक्रमण दर बढेर २८ प्रतिशत पुगेको देखिन्छ । यो भनेको नेपालमा प्रत्येक १०० व्यक्तिमा २८ जना कोरोना संक्रमित छन् भन्ने हो ।
गत २४ घण्टामा काठमाण्डौ जिल्लामा १८८८ संक्रमित फेला परेका छन् । यस्तै, भक्तपुरमा ११८ र ललितपुरमा २७७ संक्रमित थपिएका छन् । यस्तै, मोरंगमा २२३, सुनसरीमा २४९, काभ्रेमा ९०, चितवनमा ७७, झापामा ७१, कास्कीमा ७६जना, नवलपरासीपूर्वमा ६५ जना, रुपन्देहीमा १२५, सुर्खेतमा १०१, कैलालीमा ६५, बाँकेमा ४५ संक्रमित फेला परेका छन् । अन्य जिल्लामा थपिएका संक्रमितको संख्या केही कम छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४७३ संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
निको हुने दर यो दिन केही घटेर ६९.१२ प्रतिशतमा सीमित भएको छ ।
गत २४ घण्टामा थप ९ संक्रमितको ज्यान गएको छ । योसहित संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमध्ये २ महिला र ७ पुरुष रहेका छन् । मृतकमध्ये काठमाण्डौकी एक महिला र २ पुरुष, ललितपुरका एक पुरुष, सुनसरीका ३ पुरुष, चितवनकी एक महिला र रुपन्देहीका एक पुरुष रहेका छन् । मृतकहरुको उमेर ३७ देखि ९० वर्ष रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago