काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष(आमाछोरा)मा शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक्ट हिस्टी पत्ता लगाउने क्रममा काठमाण्डौबाट चितवन माइक्रोबस चढेर आएका खुलेको छ ।
चितवन प्रहरीका अनुसार बेलायतबाट हङकङ हुँदै कतार एयरवेजमार्फत चैत ३ गते काठमाण्डौ अवतरण गरेका ती आमाछोरा दुई दिन काठमाडौंमा बसेर चैत ५ गते माइक्रो बसबाट चितवन आएका खुलेको हो ।
ती आमाछोरा चैत ३ र ४ गते काठमाण्डौको बसुन्धरास्थित एक होटलमा बसेका थिए । त्यहाँबाट ट्याक्सी चढेर कलंकीसम्म पुगी माइक्रोमार्फत चितवन आएका खुलेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
उनीहरु चितवन आएको माइक्रो, सो माइक्रोमा सँगै यात्रा गर्ने अन्य व्यक्तिहरुको खोजीलाई तीव्र पारिएको प्रहरीको भनाई छ ।
आमाछोरा घर पुगेपछि उनीहरुले छरछिमेकलाई बेलायतको कोशेली भन्दै चकलेट समेत बाँडेका थिए । उनीहरुले दिएको चकलेट खानेहरुको समेत पहिचान भइरहेको प्रहरीले बताएको छ ।
उनीहरुको कन्ट्याक्टमा आउने सबैको स्वास्थ्य जाँच गर्ने सरकारको तयारी छ । यो क्रममा उनीहरुका परिवारका ५ जनाको शनिवार र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) गरिएको छ ।
विदेशबाट आएर उनीहरु घरमै सेल्फ क्वारेन्टाइनमा बसेका भनिए पनि छरछिमेकले भने चकलेट बाँड्दै हिँडेका र किनमेलका लागि विभिन्न क्षेत्र पुगेका आफूहरुले देखेको अनुसन्धानमा खटिएकाहरुसँग दाबी गरेका स्रोत बताउँछ ।
ती आमाछोराको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार जारी राखिएको छ । उनीहरुमा पनि नेपालका अन्य कोरोना संक्रमित झै कुनै लक्षण नै देखिएको थिएन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago