काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। उनको पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन्। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्।
आजको बैठकमा २७० सांसद उपस्थित थिए।
नेकपा एमालेसहित विभिन्न ७ दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा दाहाल गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। संसदमा विश्वासको मत लिइसकेपछि अब २ वर्षसम्म प्रधानमन्त्री दाहालविरुद्ध अविश्वासको मत ल्याउन पाइने छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago