काठमाण्डौ । प्रतिनिधिसभाको बजेट अधिवेशन आज आइतबारबाट सुरु भएको छ।
बजेट अधिवेशनको पहिलो दिनको बैठकमा सांसदहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने ठगीधन्दालगायत भ्रष्टाचारका विभिन्न विषयमा आवाज उठाइरहेका छन्।
सांसदहरुले आकस्मिक समयमा भनाइ राखेपछि सभामुख देवराज घिमिरेले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समय दिएका छन्।अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०–८१’का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधिसभामा पेश गरेका छन्।
व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने महतले बताएका छन्। वित्त घाटालाई वाञ्छित सीमाभित्र राखिने र बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनले जानकारी दिए।
मन्त्री महतले रोजगारी सिर्जनमा र गरिबी निवारणमा बजेट केन्द्रित हुने पनि बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19