काठमाण्डौ । नेकपा एमालेका नेता योगेश भट्टराई पुँजीबजारको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। तर, उनले प्रस्तुत गरेको तथ्यांक भने गलत देखिएको छ। 

प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेता भट्टराई आफूहरुले सत्ता सम्हाल्दा २०७८ साउनमा पुँजीबजारले उच्च विन्दु ३२८१ पुगेको दाबी गरे। तर, २०७८ भदौ २ मा पुँजीबजारले हालसम्मकै उच्च ३१९८ को विन्दुमा चुमेको थियो।

अहिले कांग्रेसले अर्थ मन्त्रालय सम्हाल्दा पुँजी बजार १८३३ झरेको भट्टराईले बताए। ‘जतिबेला हामी थियौँ, सेयर बजारको बजार पुँजीकरण ४२ खर्ब रहेको थियो’, उनले भने, ‘अहिले बजार पुँजीकरण २६ अर्ब रहेको छ।’ यसमा उनको तथ्यांक गलत देखियो। उनको भनाइअनुसार बजार पुँजीकरण २६ खर्ब रुपैयाँ हुनुपर्ने थियो।

पछिल्लो समय बीमा, पुनर्बीमालगायतका कम्पनीहरुको सेयर बजारमा थपिएको पनि भट्टराईले बताए। ‘तर, बजार पुँजीकरण बढेन’, उनले भने।