काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्दैछन्। 

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट पेस गरिरहेका हुन्। 

केहीबेरअघि मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री महतले बजेट संसदमा पेस गरिरहेका हुन्। 

संवैधानिक व्यवस्थाअनुसार बजेट जेठ १५ गर्नुपर्ने व्यवस्था रहेको छ।