काठमाण्डौ । ब्यवस्थापिका संसद् सचिवालयले आफुसंग भएका सद्दे वारी साधन विग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । 

यसबाट राज्यलाई अनावश्यक करोडौँ रुपयौको भार परेको छ । 

सचिवालय परिसरमा सयभन्दा बढि सवारी साधन त्यतिकै चन्काएर राखिएको देखिन्छ । 

ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि विग्रिएका भन्दै प्रयोग नगरेको हो । 

लामो समयदेखि प्रयोग नगरी थन्काएर राख्दा केही गाडी र्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

आफुसंग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो। यो खबर आजको नागरिकमा छापिएको छ ।