काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ।
कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो। यसको अर्थ अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत हिस्सा हुनेछ। हाल कम्पनमिा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको छ।
कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो। वार्षिक साधारणसभाबाट पारित प्रस्ताव कम्पनीले स्वीकृतिका लागि नियामक बीमा समितिसमक्ष प्रस्तुत गरेको थियो। बीमा समितिले सोहीअनुसार सेयर स्वामित्व परिमार्जन गर्न स्वीकृति दिएपछि कम्पनीले यो प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीले आज (असार ३० गते) एक सूचना प्रकाशित गरी सेयर स्वामित्व परिमार्जन गर्ने क्रममा बाँकी रहने संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गरिने जनाएको छ। तसर्थ सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ।
यो अवधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने पनि कम्पनीले जानकारी दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago