काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने भएको छ। 

संस्थाले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी दिएको हो।

हाल संस्थापक समूहको ७० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहरुको सेयर संरचना प्रचलित व्यवस्थाबमोजिम परिवर्तन गर्न तत्कालीन मिर्मिरे लघुवित्त र नागबेली लघुवित्तको कायम रहेको ६६.२५ प्रतिशत संस्थापक सेयरमध्ये ८.९९ प्रतिशत विन्दुले हुने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त भएको र गत पुस ३० गते सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारणसभाबाट समेत पारित भएको संस्थाले जनाएको छ। 

सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रत्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन संस्थाले आग्रह गरेको छ।

यो अवधिभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोहीबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने संस्थाले स्पष्टा पारेको छ।