काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने भएको छ।
कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन लागेको हो।
हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब कम्पनीले संस्थापक समूहमो ५१ प्रतिशत र सर्वसाधारणसको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।
यसको लागि कम्पनी संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्न गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट स्वीकृत गरिसकेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरुलाई सेयर स्वामित्व परिमार्जनका लागि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न लागिएको जानकारी गराएको छ। संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन नगर्ने भएमा ७ दिनभित्र काठमाण्डौका टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालय वा नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ।
तोकिएको मितिभित्र निवेदन नदिएमा संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न सहमत भएको बुझिने पनि कम्पनीले स्पष्ट पारेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago