काठमाण्डौ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीनजना सदस्य नियुक्ति गरेको छ।
आयोग स्रोतका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामामा (पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षा, अन्य) अध्ययन–अनुसन्धन गर्दैै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो।
त्यसैगरी अर्का नियुक्ति पाउने सदस्यहरुमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्राडा आरपी विछा र प्रभु बुढाथोकी छन्। हाल बुढाथोकी काठमाण्डौ बाहिर रहेकाले सपथग्रहण हुन सकेन।
अस्ट्रेलिया नेशनल विश्वबिद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापकका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख भएर काम गरिरहेका थिए।
राष्ट्रिय योजना आयोगले नयाँ सदस्यको नियुक्तिसँगै प्रभावकारी रुपमा नीतिगत साथै समग्र रुपमा राष्ट्रिय योजना तथा कार्यक्रमहरुको सूक्ष्म समीक्षा गरी अगाडि बढ्ने विश्वास गरिएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई यसअघि नै नियुक्त गरिसकेको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको व्यस्ततामा रहेको सरकारले आयोगका तीन सदस्य थप गरेको हो।
थप गरिएकामध्ये २ जना सदस्यको सपथग्रहण कार्यक्रम सम्पन्न भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ। सरकारले यसअघि नै डा. रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई योजना आयोगको सदस्यमा नियुक्त गरिसकेको छ। आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago