काठमाण्डौ । आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभरमा ३ हजार ४३९ संक्रमित थपिएका हुन् ।
योसँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ संक्रमित थपिएका हुन् ।
यसरी हेर्दा गत २४ घण्टाको परीक्षणबाट संक्रमण दर बढेर २४.२० प्रतिशत पुगेको देखिएको छ । यसले भयावह अवस्थाको संकेत गर्ने विज्ञहरुले बताएका छन् ।
यो अवधिमा काठमाण्डौ जिल्लामा मात्रै १२९६ संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा २९३ र भक्तपुर ९५ संक्रमित थपिएका छन् ।
उपत्यका बाहेक धेरै संक्रमित थपिएका जिल्लाहरु, मोरङमा ३२२, सुनसरीमा १९३, चितवनमा १३१, काभ्रेमा ५१, मकवानपुुरमा ९९, बाँकेमा १०६, रुपन्देहीमा १३०, सुर्खेतमा ७८, दार्चुलामा ४८ रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट १ हजार १२६ संक्रमित निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आजसम्म निको हुने दर ७२.८५ प्रतिशत रहेको छ ।
यो अवधिमा देशभर थप १५ संक्रमितको ज्यान गएको छ । योसहित कुल मृतकको संख्या ५७८ पुगेको छ ।
मृतकमध्ये ७ जना उपत्यकाका छन् भने मोरङका २, सिरहाका १, रौतहटका १, चितवन १, रुपन्देही १, नवलपरासी १, दाङ १ रहेका छन् । मृतकमध्ये ५ महिला र १० पुरुष रहेका स्वास्थ्यम मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago