Sagarmatha Insurance
काठमाण्डौ । सगरमाथा आरोहणका लागि जान लागेको प्रथम महिला पत्रकारहरुको टोलीका सदस्यहरुको बिमा सुरक्षा सगरमाथा इन्स्योरेन्सले प्रदान गर्ने भएको छ ।
यस वर्षको सगरमाथा आरोहणका लागि जान लागेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ मा सहभागी महिला पत्रकार रोजिता बुद्धाचार्य, लक्ष्मी कार्की, देउराली चाम्लिङ, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पाको बिमा सुरक्षा सगरमाथा इन्स्योरेन्सले गर्ने भएको हो ।
ड्रिमर्स डेस्टिेनशन टेक्स एण्ड एक्पीडिसनमार्फत सगरमाथा आरोहणमा जाने उक्तआरोहण दलको प्रमुख पथप्रदर्शकमा सगरमाथाको १२ पटकको आरोहण अनुभव भएका फुर्वा तेन्जिङ्ग शेर्पा रहेका छन् ।
आरोहण दलका सदस्यहरुको प्रतिव्यक्तिगत दुर्घटना बीमा बापत रु. पन्ध्र लाख, औषधीउपचर बीमाका लागि रु. चार लाख, हाई अल्टिच्युटका लागि रु. तीन लाख र खोज तथा उद्धार कार्यका लागि रु. दश लाख बयालिस हजार (दश हजार अमेरीकी डलर)सम्मको बीमा कभरेज प्रदान गरिएको सगरमाथा इन्स्योरेन्सले जनाएको छ ।
ती आरोहण दलका सदस्यहरुको बीमा सहयात्री सगरमाथा इन्स्योरेन्स कम्पनीले कम्पनीको प्रधान कार्यालय नक्सालमा बुधबार सफल आरोहणका लागि शुभकामना कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आरोहण टोलीका सदस्यहरुलाई कम्पनीको झण्डा हस्तान्तरण गरे ।
साथै, सगरमाथा आरोहणमा नेपाली महिला पत्रकारहरुको ईच्छाशक्तिको प्रशंसा गर्दे आरोहण सफलताको शुभकामना व्यक्त गरे ।
सगरमाथा आरोहणको सफलतामा आरोहीको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण पत्रकारिता क्षेत्रको सफलता जोडिने र यसमा सम्पूर्ण सञ्चार जगतले नै गौरव गर्नुपर्ने उनको धारणा थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago