काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले खूद नाफामा १८.५३ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ करोड ३६ लाख नाफा कमाएको कम्पनीले यो वर्ष १७ करोड २ लाख आर्जन गरेको हो ।
कम्पनीको प्रिमियमबापत हुने आम्दानीमा समेत राम्रै वृद्धि भएको छ । अघिल्लो वर्ष ५९ करोड ८३ लाख प्रिमियमबाट आम्दानी गरेको कम्पनीले यो वर्ष ६५ करोड ७५ लाख कमाएको हो । कम्पनीले पुनर्बिमा कमिसनबाट मात्रै १७ करोड ८ लाख आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले २८ करोड ४४ लाख बराबरको दाबी भुक्तानी गरेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडामा ३८ करोड ८३ लाख तथा बिमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सगरमाथा इन्स्योरेन्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४२.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७१.४८ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ३०.०२ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago