-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एस्सचेञ्ज लिमिटेड(नेप्से)ले सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव सम्बन्धी महत्वपूर्ण सूचना नेप्सेको होमपेजमा रहेको कर्पोरेट डिस्क्लोजरबाट समयअगावै हटाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांशसम्बन्धी महत्वपूर्ण सूचना शुक्रबार नै प्रकाशित भएता पनि कारोबार समय आज(आइतबार) नेप्सेले हटाएकोमा सक्रिय लगानीकर्ताहरुले आपत्ति जनाएका छन् ।
लाभांश प्रस्तावको महत्वपूर्ण सूचना लगानीकर्ताहरुले नेप्सेको आधिकारिक वेबसाइटको होमपेजबाट समयअगावै हटाइनुलाई धेरैले नेप्सेको ‘शंकास्पद भूमिका’ भनी टिप्पणी गरेका छन् ।
गत बैशाख २६ गते दिउँसो ३ः३० बजे बसेको सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ८६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको सूचना भोलिपल्ट बैशाख २७ गते शुक्रबारका दिन नेप्सेको सूचनापाटीमा प्रकाशन भएको थियो । यो सूचनालाई कारोबारको सुरुवाती दिन आइतबारसम्म नै राख्नुपर्ने भए पनि नेप्सेले होमपेजबाट हटाएको हो ।
बोनस सेयर घोषणाअघि नै सो सम्बन्धी अति संवेदनशील सूचना चुहिएर इन्साइडर ट्रेडिङ भइसकेको सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमा नेप्सेले अनुसन्धान गर्नुका साटो संवेदनशील सूचना होमपेजबाट हटाई भित्र लुकाएर राखेपछि लगानीकर्ता अलमलमा परेका छन् ।
लाभांश सम्बन्धी निर्णय बाहिर आउनु केही दिनअघिदेखि नै सगरमाथा इन्स्योरेन्सको सेयरमा भित्री कारोबारीले राम्रैसँग खेल्ने काम गरेका थिए ।
सामान्य मानिसले समेत बुझ्ने खालको भित्री कारोबार हुँदा समेत नेप्से वा बजारको नियामक धितोपत्र बोर्डले चासो दिएका छैनन् । सगरमाथाको सेयरमा इन्साइडर ट्रेडिङ भएको विषयमा नेप्सेले समेत कुनै कदम चाल्छ कि भनी पर्खिएर बसेका लगानीकर्ता सो कम्पनीको सो सूचना समयअगावै होमपेजबाट हटाइएपछि अलमलमा परेका हुन् ।
यो विषयमा बुझ्दा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सगरमाथाको बोनस वितरण सम्बन्धी सूचना होमपेजको डिस्प्लेमा नदेखिए पनि वेबसाइटबाट नहटाइएको प्रष्ट पार्दै होमपेजमा डिस्प्ले हुने या नहुने कुराले धेरै फरक नपार्ने जिकिर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago