काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले स्थानीय र विदेशमा रहेका श्रमिमका लागि जारी आईपीओ आज फागुन २५ गते बाँडफाँड गरेको छ। 

कम्पनीले इलाम जिल्लाका बासिन्दाका लागि जारी ११ लाख २० हजार कित्ता सेयर र श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता सेयर धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय  कमलादीमा बाँडफाँड गरिएको हो। स्थानीयको हकमा १० कित्तादेखि ३ हजार कित्तासम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिने ६५ जनामध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ। 

यसैगरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्तादेखि ३० कित्तासम्म आबेदन दिने आवेदकहरुलाई मागबमोजिम ४० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने ९ हजार ५४१ जनामध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता सेयर बाँडफाँड भएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।