काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन ३ लाख बढी आवेदन परेको छ। 

सगरमाथा जलविद्युतले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ। बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 

सीडीएससीको आज साँझ ५ बजेसम्मको तथ्यांक हेर्दा यो आईपीओमा ३ लाख १ हजार ८३६ आवेदन परेको छ। ती आवेदनबाट ३४ लाख ३६ हजार १४० कित्ता सेयर माग भएको छ। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गते बैंकिङ समयपछि हुनेछ। 

सगरमाथा जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।