काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

सलिकोको संस्थापक समूहको १ लाख ३० हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

सेयर खरिदका लागि लिखित प्रस्ताव पेस गर्न सलिकोले ३५ दिनको समयावधि दिएको छ। सेयर खरिद प्रस्ताव कम्पनीको काठमाण्डौको नक्सालमा रहेको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। 

तोकिएको अवधिभित्र सेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।