काठमाण्डौ ।  सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार सोमबारबाट विधिवत रुपमा सुरुवात भएको छ ।

पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरेका हुन । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ ।

उनको नाममा किनिएको कुमारी बैंकको सेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्तरगत भेटी स्वरुप चढाइएको छ ।कारोबार सुरु गर्ने अन्य कुमारीहरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल छन् ।

खुला अर्थनीति र पूँजीबजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो ।

सोही क्रममा सजिलो ब्रोकरले पनि सेवा सञ्चालनमा ल्याएको हो ।कम्पनीको प्रधान कार्याय ललितपुरको झम्सिखेलमा रहेको छ ।