-भक्तराज रसाइली
काठमाण्डौ । नागरिक लगानी कोष(सीइटी)लाई पछ्याउँदै कर्मचारी सञ्चय कोष(इपीएफ)ले पनि स्टक डिलर कम्पनी दर्ताको तयारी थालेको छ।
नागरिक लगानी कोषकै पद्चाप पछ्याउँदै सञ्चयकोष पनि दोस्रो स्टक डिलर कम्पनीका रुपमा आउने लगभग निश्चित भएको हो ।
कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमका अनुसार कोष, राष्ट्रिय बीमा संस्थान र सामाजिक सुरक्षा कोषको लगानीमा स्टक डिलर कम्पनी स्थापना गरी चाँडै दर्ता गर्ने सहमति बनिसकेको छ । स्टक डिलर कम्पनी दर्ताका लागि प्रबन्धपत्र तथा नियमावलीलाई यही साताको अन्ततिर बस्ने त्रिपक्षीय बैठकल अन्तिम रुप दिने र एक महिनाभित्रमा स्टक डिलर कम्पनीको दर्ता सक्ने गरी तयारी सुरु गरिएको प्रशासक गौतमले जानकारी दिए ।
सेयर बजारलाई थप ‘भाइब्रेन्ट’ बनाउन स्टक डिलर कम्पनी खोल्न लागिएको उनको जिकिर छ ।
सञ्चय कोषको अगुवाईमा खोल्न लागिएको स्टक डिलर कम्पनीको पूँजीको आकार र यसले बजारमा लगानीका लागि तयार गर्ने फण्डको विषयमा भने गौतमले अहिले नै खुलासा गर्न चाहेनन् ।
स्रोतका अनुसार नागरिक लगानी कोष स्टक डिलरका रुपमा आउँदा उसको एकाधिकार तोड्न र बलियो प्रतिस्पर्धीको रुपमा खरो उत्रने योजनासहित सञ्चय कोष पनि स्टक डिलर कम्पनीका रुपमा आउन लागेको हो ।
बामे रुपमा नै रहेको नेपाली सेयर बजारमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष स्टक डिलरका रुपमा आएमा यसले बजारको रुपमै आमूल परिवर्तन गरिदिने र बजारमा स्थायीत्व कायम भई परिपक्व बन्ने तथा लगानीकर्ताको लगानी अहिलेजस्तो जोखिममा समेत नपर्ने जानकार दाबी गर्छन् ।
अहिले नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव छ । सीआइटी र इपीएफले स्टक डिलरको रुपमा बजारमा प्रवेश पाएपछि बजारको विकास र बिस्तारमा समेत नयाँ युगको थालनी हुनसक्ने कतिपय विश्लेषकहरुले दाबी गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस्:
‘मार्केट डिलर’को रुपमा बजार प्रवेश गर्ने सञ्चयकोषको तयारी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19