काठमाण्डौ । भारतमा पहिलोपटक ग्रीन हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा आएको छ । भारतीय आयल निगम (आईओसी) ले हालै मात्र दुई वटा बस सञ्चालनमा ल्याएको हो ।

पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने विकल्पमा बनाइएको हाइड्रोजन बस पर्यावरणमैत्री भएको आईओसीले बताएको छ । सार्वजनिक यातायातमा प्रयोग गरिने यी बसलाई ओईओसीले गत सेप्टेम्बरको अन्तिमसातादेखि सञ्चालनमा ल्याइएको हो ।

ओईओसीले पाइलट परीक्षणका रूपमा दिल्ली, हरियाणा र उत्तर प्रदेशका विभिन्न रुटहरूमा हाइड्रोजन बस सञ्चालन गर्ने बताएको छ । यसका लागि आईओसीले नवीकरणीय स्रोतबाट उत्पादित बिजुली प्रयोग गरेर ७५ किलो हाइड्रोजन उत्पादन गर्नेछ । हाल आईओसीको रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) सेन्टरले हाइड्रोजन उत्पादन गरिरहेको छ ।

बसमा राखिने ३० केजी क्षमताका चार ओटा सिलिन्डरले ३५० किलोमिटरसम्म माइलेज दिन्छ। यसको अर्थ एक पटक हाइड्रोजन भरेको बस ३५० किलोमिटरसम्म गुड्न सक्छ । यो सवारीले धुवाँको साटो पानीको बाफ मात्र उत्सर्जन गर्ने छ ।

त्यस्तै हाइड्रोजनमा अन्य इन्धनभन्दा तीन गुणा ऊर्जा भएको र यसले कुनै पनि प्रदूषण नगर्ने बताइएको छ । सामान्यतस् एक किलो ग्रीन हाइड्रोजन उत्पादन गर्न ५० युनिट बिजुली र ९ केजी डियोनाइज्ड पानी (आयनहरू हटाइएको पानी) आवश्यक पर्ने छ । 

आईओसीले  चालू आर्थिक वर्षको अन्त्यसम्ममा १५ ओटा हाइड्रोजन बसको संख्या पुरयाउने योजना बनाएको छ । ती बसहरूलाई पनि हाल सञ्चालन ल्याइएको दुई ओटा बसकै रुटहरूमा चलाउने ओईओसीको योजना छ । यदि यस परियोजना सफलता भए जीवाश्म ऊर्जाको आयातकर्ताबाट भारत हाइड्रोजन ऊर्जाको निर्यातकर्ता बन्न सक्ने विश्लेषण गरिएको छ । 

पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न नेपाललगायत विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । 

भारत मात्र होइन अमेरिका, चीन, जापान, युरोपेली मुलुकले पनि नवीकरणीय ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जन कम गर्ने उद्घोष गरेका छन् । उनीहरुले हाइड्रोजन, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् ।
 
नेपाल पनि सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने पेरिस सम्झौताको उद्देश्य हासिल गर्न जीवाष्म इन्धनको विकल्पमा हाइड्रोजन इनर्जीको सम्भाव्यता खोजीमा जुटेको छ । नेपाल आयल निगमको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले हाइड्रोजन ऊर्जाको परीक्षण शुरु गरेको  पनि एक वर्ष भएको छ ।

बैंक, सपिङ कम्प्लेक्स आदिका लागि जेनेरेटरभन्दा यो धेरै राम्रो विकल्प हुनसक्छ । फलाम खानी, इँटाभट्टा, सिमेन्टलगायत अत्यधिक ऊर्जा खपत हुने उद्योगमा प्रयोग गरिने कोइलालाई प्रतिस्थापन गर्न सकिन्छ । पेट्रोलियम पदार्थ, एलपी ग्यास, रासायनिक मल उत्पादनका क्रममा प्रयोग हुने ऊर्जा सबैलाई हाइड्रोजनले विस्थापन गर्नसक्ने बताइएको छ ।     
     
हाइड्रोजन उत्पादन विश्वको तुलनामा नेपालमा सस्तो हुने विज्ञहरुको भनाइ छ । विश्वबजारमा एक किलो हाइड्रोजनको मूल्य पाँच अमेरिकी डलर हाराहारी रहे पनि नेपालमा एक केजीको एक डलर पर्ने अनुमान छ ।
नेपालमा के छ तयारी ?
केयुले अनुसन्धानका क्रममा हाइड्रोजनबाट चल्ने कार निर्माण गरिरहेको छ । नेपालमा पेट्रोलबाट चल्ने कारको इञ्जिन निकालेर हाइड्रोजनबाट चलाउने तयारी छ । त्यसका लागि आवश्यक हाइड्रोजन पनि केयुको ल्याबले नै उत्पादन गरिरहेको छ । एजेन्सीहरुको सहयोगमा