काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ।
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो। सत्यम स्कुल ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनका लागि केही उल्लेखनीय परिवर्तनहरु हुने भएका छन्।
अब सत्यम स्कुलबाट विश्वस्तरीय शिक्षा प्रदान गर्नका लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टीहरुको प्रत्यक्ष निगरानी रहने भएको छ। व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेसन ग्रुपको एक हिस्सा बन्नेछ।
ब्रिटिस एजुकेसन ग्रुपले काठमाण्डौ, लन्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ। यसका साथै यही ग्रुपले नेपालका विभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ भने त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको छ।
करिब ६ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते एकेडेमी रुपन्देही पनि यो ग्रुपअन्तर्गत अगाडि बढ्न सुरु गरिसकेको छ। नमस्तेपछि कलेजले सत्यमको पनि व्यवस्थापन गर्न लागेको हो।
लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिस एजुकेसन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्ल्भ्सि एमबीईले छोटो समयमै नमस्ते एकेडेमीको कुशल व्यवस्थापनको बाटोमा देखिन यो समूह सफल भएकोले सत्यम स्कुलको व्यवस्थापन पनि राम्रो हुने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले नमस्ते एकेडेमीको व्यवस्थापन थालेपछि ठूलो सुधार भएको देखेका छौँ। त्यसैले हामीले सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दसौँ वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।’
ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा सन् २०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौँ। हाम्रा अन्तर्राष्ट्रिय अनुभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहन्छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19