काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा काम गर्ने नेपाली नागरिकका लागि साउन १ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि साउन १ गतेदेखि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।
इच्छुकले साउन १५ गतेभित्र कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।
यो जीवन बीमा कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ९६ लाख कित्ता विदेशमा बस्ने नेपाली र सर्वसाधारणका लागि जारी गरिने कम्पनीले प्रकाशित गरेको विवरणपत्रमा उल्लेख छ ।
कुल जारी गरिने ९६ लाख कित्ता आइपीओको १० प्रतिशतले हुनआउने ९ लाख ६० हजार कित्ता विदेशमा काम गर्ने नेपाली नागरिकका लागि सुरक्षित गरिएको हो । बाँकी ८६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि केही पछि निश्कासन गरिनेछ ।
यो कम्पनीले अंकित मूल्य रु. १०० मा रु.१३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आइपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमको रुपमा उठाउने योजना बनाएको हो ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago