काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडले धितोपत्र बोर्डबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड निश्कासनको अनुमति पाएको छ । 

सनराइज क्यापिटललाई धितोपत्र बोर्डले प्रति इकाई रु. १० पर्ने ‘सनराइज फोकस्ड इक्वीटी फण्ड’ नामको सामूहिक लगानीकोष योजनाको १२ करोड इकाई बिक्रीको अनुमति दिएको हो । 

योसँगै अब सनराइज क्यापिटलले निकट भविष्यमै सनराइज फोकस्ड इक्वीटी फण्डका इकाईहरुको प्राथमिक निश्कासन(आइपीओ) गर्नेछ । 

सेयरको दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएकाहरुका लागि लगानीको जोखिमरहित विकल्प म्युचुअल फण्ड(सामूहिक लगानीकोष) हो । यस्ता उपकरणमा लगानी गर्दा सेयरको दोश्रो बजारमा जस्तो चुर्लुम्मै डूब्नसक्ने जोखिम हुन्न । फण्ड व्यवस्थापकहरुले नै राम्रो रिटर्न दिने कम्पनीहरुको छनौट गरी लगानी गर्ने भएकोले सानो–सानो पैसा हुने र सेयरको दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नहुनेहरुले यस्ता स्किमहरुमा लगानी गर्नु उत्तम हुन्छ ।