काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ।
यो म्युचुअल फन्डले यही असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ११ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्र यो फन्डद्वारा घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
यो म्युचुअल फन्डले गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई करसहित ७ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। यो सनराइज म्युचुअल फन्डको योजना व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19