काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर भदौ मसान्तसम्म ११.८१ रुपैयाँ पुगेको छ।

सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो म्युचुअल फन्डको न्याभ गत साउनको तुलनामा ६१ पैसाले बढेको हो। गत साउनमा यो फन्डको न्याभ ११.२० रुपैयाँ रहेको थियो। 

यो फन्डले गत भदौसम्म ११.२३ प्रतिशतले लगानी बढाएको छ। गत साउनसम्म ६४ करोड ७३ लाख रुपैयाँ लगानी गरेको यो फन्डले भदौ मसान्तसम्म बढाएर ७२ करोड रुपैयाँ लगानी गरेको छ। 

यो फन्डले भदौ मसान्तसम्म सूचीकृत सेयरमा ४९ करोड ८७ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ३९ लाख ४१ हजार रुपैयाँ, ऋणपत्र तथा बन्डमा १० करोड १३ लाख रुपैयाँ र मुद्दति निक्षेपमा ११ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो महिना यस्तो लगानी सूचीकृत सेयरमा ४२ करोड ४० लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ५८ लाख ८२ हजार रुपैयाँ, ऋणपत्र तथा बन्डमा १० करोड १३ लाख रुपैयाँ र मुद्दति निक्षेपमा ११ करोड ६० लाख रुपैयाँ लगानी गरेको थियो।

यो म्युचुअल फन्डको भदौ मसान्तसम्म कुल आय ७ करोड १५ लाख रुपैयाँ रहेको छ। गत महिनासम्म कुल आय १ करोड ९० लाख रुपैयाँ रहेको थियो।

यस म्युचुअल फन्डले संस्थापक र साधारण सेयर गरी १९ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, ४ वटा जलविद्युत् कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी, १० वटा लघुवित्त कम्पनी, होटेल र उत्पादन तथा प्रशोधन समूहका एउटा/एउटा वटा कम्पनीमा तथा अन्य समूहका ३ वटा कम्पनीमा लगानी गरेको छ।