काठमाण्डौ । गत आर्थिक वर्षका लागि सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार (पुस ६ गते) अन्तिम दिन रहेको छ।
बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंगलबार (पुस ७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यो बैंकले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन आज सम्म कायम सेयरधनीहरु योग्य हुनेछन्।
बैंकले यही पुस २४ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बेंक्वेटमा आफ्नो १३ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१० रुपैयाँको कुल ८.२८ प्रतिशलते हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६.९१ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५.८० प्रतिशतले हुन आउने ५२ करोड १ लाख ३३ हजार ६३.२९ रुपैयाँबराबरको बोनस सेयर र २.४८ प्रतिशतले हुन आउने २२ करोड २४ लाख १ हजार ७२३.६२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बनधी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago