काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) फागुन मसान्तसम्म १७.०५ रुपैयाँ पुगेको छ।

दसवर्षे यो योजनाको फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार गत माघको तुलनामा फागुनमा न्याभ २ रुपैयाँले बढेको हो। गत माघमा न्याभ १५.०५ रुपैयाँ रहेको थियो।

योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको यो योजनाले फागुनसम्म सूचीकरण सेयरमा लगानी बढाएर ७५ करोड २ लाख रुपैयाँ पुर्याएको छ। गत माघसम्म सूचीकृत सेयरमा लगानी ७३ करोड ३० लाख रुपैयाँ रहेको थियो। 

त्यस्तै सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयर गरी यस योजनाले ३ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ। जुन गत माघमा ६ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

ऋणपत्र तथा बन्डमा १२ करोड ५७ लाख लगानी रहेको यस योजनाको मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ रहेको छ। 

यस योजनाअन्तर्गत कु्ल १ अर्ब ४ करोड रुपैयाँ बढी लगानी भइसकेको छ भने खुद आय ५८ करोड ३० लाख रुपैयाँ बढी रहेको छ। 

यस योजनाले १२ वटा वाणिज्य बैंकमा सर्वसाधारण सेयर समूहमा लगानी गरेको छ भने एउटा संस्थापक सेयरमा लगानी गरेको छ।

त्यस्तै ५ वटा विकास बैंक, एटा फाइनान्स, ८ वटा लघुवित्त, ३ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा जलविद्युत कम्पनी, २ वटा लगानी समूहका कम्पनी तथा एकएकवटा अनय र होटेल तथा पर्यटन समूहका कम्पनीमा लगानी गरेको छ।