काठमाण्डौ । सनराइज सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘सनराइज ब्लुचिप फन्ड’ का इकाइहरु आज शुक्रबार बाँडफाँड गरिएको छ।

आज दिउसो २ बजे सनराइज बैंक लिमिटेडलगायत अन्य प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटडमा यो फन्डका इकाइहरु बाँडफाँड गरिएको हो। 

यो फन्डको प्रतिइकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाइ (बिज पुँजी वापत कोष प्रवर्द्धक सनराइज बैंकेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाइसहित) मिति गत चैत १ गतेदेखि चैत ८ गतेसम्म बिक्री खुला गरिएको थियो। जसमा सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ निष्कासन गरिउको थियो।

निष्काशन अवधिमा सर्वसाधारणलगायत बैंक, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुबाट कुल ५६ हजार ५८ जना आवेदकबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाइका लागि आवेदन प्राप्त भएको थियो। तीमध्ये ५३ हजार १४४ आवेदकबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजथार ८४० इकाइका लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १०० कित्ता इकाइदेखि ३० लाख इकाइसम्म माग गर्ने ५३ हजार १७९ आवेदकलाई मागबमोजिम,  ५० लाख माग गर्ने ४ आवेदकलाई ४६ लाख ५ हजार २६ इकाइको दरले र १ करोड इकाइ माग गर्ने २ आवेदकलाई ४६ हजार ५ हजार २८ इकाइका दरले सर्वसाधारणको १० करोड ६२ लाख ५० हजार इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।