काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्नै सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्तापुँजीको ६.६५% का दरले हुन आउने रकम रु.६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.३५% दरले हुन आउने रकम रु. ३ करोड ३२ लाख ७ हजार ८०५.७५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैंकको २०६४ साल असोज २५ मा स्थापना भएको हो । बैंकको हाल चुक्तापुँजी रु. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रहेकोमा यस साधारणसभाबाट पारित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजीमा वृद्धि गरी रु. १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८.६० कायम हुन गएको छ।
यसका साथै सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार–व्यवसायमा संलग्न व्यापरिक घरानासमेतलाई बैंकको सेवामा आबद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिँदै बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्र्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19