काठमाण्डौ । सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएपछि बैंकले सर्वसाधारणका ऋणपत्र जारी गर्नेछ। 

बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘सनराइज डिबेन्चर २०८९’ जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइको सर्वसाधारणलाई बिक्री गर्नेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।