काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५८ हजार ५१ रुपैयाँको १० प्रतिशतले हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५.१० रुपैयाँबराबरको बोनस सेयर र ५.८ प्रतिशतले हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९.३६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) गरी १५.८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।