काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ ।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासन गर्न सेबोनसँग अनुमति मागेको थियो ।
बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न सेबोनसँग अनुमति मागेको हो। कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५% ब्याजदर पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago