काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ ।

आज आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा  जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्पmत लगानी गर्न प्रोत्साहन गरे ।

आजकै दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । उतm कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीलगायत अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो।

हालसम्म सन््राइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८वटा एक्सटेन्सन काउण्टर र १४५वटा एटिएममार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।