काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । 

सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । 

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल,  शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा एटीएमको उद्घाटन गरे । 

उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । 

हालसम्म सन््राइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६वटा एटीएममार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकको दाबी छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  एटीएमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।