काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार(म्यादी) जीवन बीमालेख सम्बन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी असोज १४ गतेदेखि बिमालेख जारी गर्न थालेको छ । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई जाने कामदारहरुका लागि उमेर र बीमा अवधिको आधारमा एकमुष्ठ बीमा शुल्क लिई रु दशलाख बराबरको बैदेशिक रोजगार(म्यादी) जीवन बीमालेख जारी गरिन्छ ।

जसअन्तर्गत १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ।