काठमाण्डौ । सन सेक्युरिटिजले सोमबार लगानीकर्तालाई सेयर बजारसम्बन्धी निःशुल्क सचेतना तथा तालिम सञ्चालन गरेको छ।
उक्त तालिममा सेयर बजारसम्बन्धी आधारभूत र प्राविधिक विश्लेषणअन्तर्गतको क्यान्डल प्याट्रनसम्बन्धी दुई किसिमका प्रशिक्षण सञ्चालन गरिएको थियो।
सेयर बजारसम्बन्धी पहिलो सत्रको आधारभूत तालिममा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहीत जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका जस्ता विषयमा तालिम दिइएको थियो। सेयर बजार र यसको आधारभूत पक्षसम्बन्धी तालिम सन सेक्युरिटिजका रवि बुढाथोकी र सञ्चित बज्राचार्यले दिएका थिए ।
यसैगरी, दोस्रो सत्रमा सेयर बजारको प्राविधिक विश्लेषणअन्तर्गत क्यान्डल विश्लेषणसम्बन्धी अर्को तालिम सञ्चालन गरिएको थियो।
जसअन्तर्गत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्यान्डल चार्ट बन्ने विधि, क्यान्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्यान्डलको ब्याक टेस्टिङ गर्ने विधिलगायतका विषयमा तालिम दिइएको थियो।
प्राविधिक विश्लेषक सुशील भट्टराईले प्राविधिक विश्लेषणसम्बन्धी तालिम दिएका थिए ।
कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने योजना रहेको बताए । तालिममा १५० जना लगानीकर्ताको सहभागिता थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19