काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड भएको छ । यो माइक्रोफाइनान्सको आइपीओमा परेका २ लाख ३५ हजार २ सय ४८ आवेदकमध्ये १६ हजार ७ सय ४० भाग्यमानीले मात्रै १० कित्ताको दरले सेयर पाएका छन् । आवेदन दिनेमध्ये २ लाख १८ हजार ५ सय ८ आवेदक हिस्स परेका छन् । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालय परिसरमा बुधबार ९ बजे आइपीओ बाँडफाँड भएको थियो । 

म्युुचुुअल फण्डहरुका लागि ९ हजार कित्ता र सपोर्टका कर्मचारीका लागि ३ हजार ६ सय कित्ता सेयर बाँडफाँड गरियो । 

यो कम्पनीको आइपीओमा २ लाख ३७ हजार ६ सय १७ जनाले आवेदन गरे पनि २ हजार ३ सय ९६ आवेदन रद्ध भएको थियो । 

एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार आइपीओ नपरेका लगानीकर्ताको पैसा ३ कार्यदिनभित्र उनीहरुको खातामा फुकुवा हुनेछ । 

सपोर्ट माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख मूल्यका १ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । लगानीकर्तालाई न्यूनतम ५० कित्तादेखि अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाउने सुविधा दिइएको थियो । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी ४ करोड २० लाखबाट बढेर ६ करोडको उचाईमा पुुगेको छ । यो कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।