काठमाण्डौ । सरकारले सप्तरी घटनामा मारिएका मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा घाइतेको सबै उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ ।
घटनाको सत्यतथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइने भएको छ । शान्तिपूर्ण रूपमा भेला हुने तथा राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकार कुण्ठित नगर्न र संयमतापूर्वक गतिविधि गर्न सरकारले सबै दललाई आग्रहसमेत गरेको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।
सप्तरीमा गोली लागेका थप एकको मृत्यु : एमालेको मेची–महाकाली अभियानका क्रममा गत सोमबार प्रहरीको गोलीले घाइते भएका थप एकजनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेका मलेठ–२ का ३२ वर्षीय वीरेन्द्र मेहताको उपचारकै क्रममा बुधबार बिहान साढे ८ बजे मृत्यु भएको हो । उनको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो।
तीन दिनदेखि अस्पतालमै शव : झडपका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका चारैजनाको शव हालसम्म धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । घटनापछि गृह मन्त्रालयले प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । नयाँ सुरक्षा प्रमुख जिल्ला नआएकाले शव ल्याउने विषय अनिश्चित भएको हो । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago