काठमाण्डौ । यदि तपाईं मानिसहरुसँग कुरा गर्न र संगत गर्न मन पराउनुहुन्छ भने तपाईंलाई यो जानकारी हुन आवश्यक छ कि अर्काको नजरमा राम्रो बन्ने कुरा तपाईंकै नियन्त्रणमा हुन्छ । तपाईंले मात्र केही सामाजिक क्षमताको विधिहरुलाई अपनाउनुपर्ने हुन्छ, ताकि तपाईंले आफ्नो व्यक्तित्व परिवर्तन गर्नसक्नुहोस् । यसमा तपाईले कुनै पनि सफल व्यक्तिलाई आफ्नो व्यक्तित्वबाट प्रभावित गर्न सक्नुहुन्छ । यसबाट तपाईको सम्बन्ध अरु व्यक्तिसँग पनि मजबुत हुन्छ । 

भेटेपछि सन्तुलित हात मिलाउनुहोस्
कुनै पनि सफल व्यक्तिसँग भेट हुँदा निकै सही ढंगले हात मिलाउने गर्नुहोस् । न नरम, न कडा, उचित ढंगले हात मिलाउने गर्नुहोस् । हातलाई सधैं सन्तुलित बनाएर दरिलो र पूर्ण आत्मविश्वाससहित मिलाउनुपर्छ । यो संकेत तपाईको बारेमा सफल व्यक्तिहरुको मन र दिमागमा प्रभाव जमाउने पहिलो कदम बनिदिन्छ, त्यसकारण हात मिलाउँदा निकै सजग हुनुपर्छ । 

आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्


सामाजिक मनोवैज्ञानिक हेदी ग्रान्ट हल्वोरसनका अनुसार कुनै पनि व्यक्ति यही जाँच गर्दछ कि उसले तपाईप्रति विश्वास गर्न सक्छ कि सक्दैन । कुनै पनि मानिस यो फैसला निकै सोचविचार गरेर मात्र लिन्छ । त्यसकारण कुनै पनि सफल व्यक्तिसँग भेटघाट हुँदा तपाईले उत्साह र आफ्नो योग्यताका बीच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसका लागि सबैभन्दा उत्तम शैली यो हो कि सफल व्यक्तिको आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्, ताकि सो व्यक्तिलाई थाहा होस् कि तपाईं उसको कुरामा निकै चासोको साथ ध्यान दिइरहनुभएको छ । 

राम्रो हाउभाउमा ध्यान राख्नुहोस्


जब तपाईं सफल व्यक्तिसामु उभिनु भएको छ वा बस्नुभएको छ भने राम्रो हाउभाउ देखाउनुहोस् । सामाजिक विज्ञ रोसालिण्डा आरोपेजोको भनाईमा खराब हाउभाउका कारण तपाईअघिको व्यक्तिलाई लाग्न सक्छ कि तपाई लापरबाह हुनुहुन्छ । यस्तै अर्का सामाजिक मनोवैज्ञानिक ऐमी कुडीले भनेका छन् किन तपाईं उन्मुक्त तरिकाले उभिनुहोस् वा बस्नुहोस् । यसले तपाईंभित्रको विश्वास दोश्रो सामु दर्शाइदिन्छ । साथै, यसले तपाईलाई ज्यादै शक्तिशाली समेत देखाउँछ । 

मुस्कुराउने तरिका


मुस्काराउने समेत एउटा तरिका हो कि तपाईभित्रको विश्वास दर्शाउने । एक सर्वेक्षणका अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई सबैभन्दा हसिलो व्यक्ति मानिएको छ । किनभने उनी सधैं मन्द मुस्कानसहित मानिसलाई भेट्ने गर्छन वा मानिस सामु प्रस्तुत हुन्छन । यदि तपाई चाहनुहुन्छ कि मानिसले तपाईंलाई मन पराउन् भने तपाईले सकारात्मक हाउभाउको साथ भेट्नुपर्छ वा प्रस्तुत हुनुपर्छ । 

मानिसको कुरा ध्यान दिएर सुन्नुहोस्


मानिसको कुरालाई ध्यानसँग सुन्नका लागि चारवटा चिजको आवश्यकता पर्छ । जस्तो ः सुन्नु, व्याख्या गर्नु, मूल्याङ्कन गर्नु र उचित जवाफ दिनु । पहिलो स्टेपका लागि ध्यान दिन आवश्यक हुन्छ । यसपछि स्पष्टीकरणका लागि कुनै प्रश्न सोध्नुहोस् । त्यसपछि आफूले के बोल्ने भन्ने बिषयमा स्वयम् मूल्यांकन गर्नुहोस्  र त्यसपछि आफ्नो भनाई प्रष्टसँग राख्नुहोस् । बोलिरहेको मानिसलाई राम्रो फिडब्याक दिनु पनि उत्तिकै जरुरी हुन्छ । भर्जिन ग्रुपका फाउण्डर रिचर्ड बेनसेनका अनुसार एक सफल नेता वा व्यक्ति त्यो हुन्छ, जो एक राम्रो श्रोता बन्न सक्छ । 

गल्ती भएर स्वीकार गर्नुहोस्


आफ्नो गल्तीलाई तत्काल स्वीकार गर्दा दोश्रो व्यक्तिसामु तपाईप्रतिको धारणा सही बनाइराख्न मद्धत गर्छ । त्यसो गल्ती नै नहुँदा पनि तपाईं माफी माग्नुहुन्छ भने यसले समेत कतिपय अवस्थामा तपाईंलाई फाइदै गरिरहेको हुन्छ ।