काठमाण्डौ। सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच कोर बैंकिङ प्रणाली प्रयोग गर्ने समझदारी भएको छ।
एक समारोहका बीच इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
उनले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियमन र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा खुसी लागेको बताए ।
यसैगरी, ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताए।
इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने बताए ।
साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।
कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोलको समेत उपस्थिती थियो।
सन् २००२मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि कोर बैंकिङ प्रणाली,मोबाइल बैंकिङ तथा स्वचालित कार्यलय सञ्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो ।
सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा ३५० बढी कर्मचारीहरुले इन्फोडेभलपर्समा काम गरिरहेका छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19