काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको छ। 

संस्थाले गुल्मीको गौंडाकोटमा आफ्ना ३५ जना ग्राहक सदस्य तथा तिनका अभिभावकको सहभागितामा यही चैत २१ गतेदेखि २३ गतेसम्म तालिम सम्पन्न गरेको हो। 

संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठका अनुसार तालिममा प्रशिक्षक हरिप्रसाद कँडेल, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय र विपना खनाल रहेका थिए।   

तालिम समापन कार्यक्रममा गुल्मी दरबार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मीना भण्डारीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।