काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको छ। 

संस्थाले सोमबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले संस्थाले विद्यालयमा अध्यनरत विधार्थीलाई पोसाक वितरण गरेकोमा धन्यवाद दिए। उनले यस्ता किसिमका सामाजिक कार्यक्रमले संस्थाप्रति समुदायको सकारात्मक प्रभाव पर्ने बताए। 

यसका साथै आगामी दिनमा पनि संस्थाबाट यस्तै प्रकारको विभिन्न सहयोगको अपेक्षा रहेको पौडेलले बताए। 

विद्यालयको युनिफर्म वितरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत  केशवकुमार पौडेलले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए। ‘स्थानीयस्तरमा विभिन्न सामाजिक संघसंस्था र विद्यालयसँग सहकार्य गर्दै आइरहेको जानकारी गराए।