काठमाण्डौ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आज भुँडाटार सबैको महिला समूहकी ग्राहक सदस्य सन्जु गुरुङ नेपालीको कालगतिले मृत्यु भएको हुँदा रिलायबल म्यादी बीमाअन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ।
मृतककी सासु आमा मोतीमाया नेपालीलाई बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले दाबी भुक्तानीबापतको रकमको चेक हस्तान्तरण गरेका हुन्।
मृतक ग्राहक सदस्य नेपालीको मृत्यु भएको हुँदा बीमांक रकम २ लाख ५० हजार रुपैयाँ र किरिया खर्च रु. १ लाख गरी ३ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी स्वीकृति भएकोमा निजको कर्जाकट्टा गरी बचतसहित २ लाख ४६ हजार ९८८.९१ रुपैयाँबराबरको चेक वडाध्यक्ष श्रेष्ठले हस्तान्तरण गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19