काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.६८ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ९४७.३७ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण्भासबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ ।